२०८३ साउन २१ गते बिहीबार

एक वर्षमा देश माओवादीमय बन्छ : प्रचण्ड

एक वर्षमा देश माओवादीमय बन्छ : प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ११ गते शनिबार ०५:५०

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षमा देश माओवादीमय बन्ने दाबी गरेका छन् । शनिबार पोखरामा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले देश माओवादीमय बन्ने दाबी गरेका हुन् । उनले आगामी...

पोखरा ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षमा देश माओवादीमय बन्ने दाबी गरेका छन् ।

शनिबार पोखरामा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले देश माओवादीमय बन्ने दाबी गरेका हुन् । उनले आगामी निर्वाचनमा माओवादी एक नम्बर पार्टी बन्ने समेत दाबी गरे ।

उनले माओवादीले गरेका कामबारे आफ्नो क्षेत्रका जनतालाई सुसूचित गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । आफ्नो १८ महिने कार्यकालमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान चलाएको पूर्वप्रधानमन्त्री दाहालले बताए ।

चीन र भारतमा भएको भ्रमण र त्यहाँ गरिएका सम्झौताले दीर्घकालीन ढंगले विकास र समृद्धि आधार तय भएको उनले सुनाए । उनले संविधान संशोधन गरेर देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए ।

संविधानसँगै निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ । अहिलेको निर्वाचन प्रणाली ढाकाको टोपीमा गुँयलाको फूल भनाइ जस्तो भएको उनको जिकिर छ ।

उनले माओवादी नेता कार्यकर्तालाई गहिरो आत्मसमीक्षा गरेर रुपान्तरणको अभियानमा लाग्न निर्देशन दिए । नयाँ क्रान्तिमार्फत नेपालमा राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेकाले संकल्प गर्न उनको सुझाव छ ।

प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०५:५०

हजुरको प्रतिक्रिया