२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि थेबे र पुरीबिच प्रतिस्पर्धा हुने निश्चित

राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि थेबे र पुरीबिच प्रतिस्पर्धा हुने निश्चित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १२ गते आइतबार ०८:०१

पोखरा । राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । पोखरामा जारी १०औं महाधिवेशनमा अध्यक्षमा थेवे र पुरीले उम्मेदवारी दर्ता गराएका हुन् । दुवैले...

पोखरा ।

राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

पोखरामा जारी १०औं महाधिवेशनमा अध्यक्षमा थेवे र पुरीले उम्मेदवारी दर्ता गराएका हुन् । दुवैले उम्मेदवारी दर्ता गराउदा नाराबाजीसहित प्रवेश गरेका थिए ।

उनीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । पहिले पनि उम्मेदवारी दर्ता हुने प्रक्रिया चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अध्यक्ष थेवेलाई अध्यक्ष बनाउन निर्देशन दिएपनि सुमनले अडान नछोडेपछी चुनाव हुन लागेको हो । भोलि बिहान ८ बजेबाट ४ बजेसम्म मतदान हुनेछ । मतदानका लागि भोटिङ मेसिन लिइसकिएको छ ।

प्रकाशित मिति २०८२ जेठ १२ गते आइतबार ०८:०१
हजुरको प्रतिक्रिया