२०८३ साउन २१ गते बिहीबार

संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १३ गते सोमबार ०९:३७

अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

काठमाडौं ।

संघीय संसद्का दुई समितिको बैठक आज  बस्दै छ ।

अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

जसअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ ।

सो बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे सरोकारवाला निकाय र विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति २०८२ जेठ १३ गते सोमबार ०९:३७
हजुरको प्रतिक्रिया