पाेखरा ।
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् ।
पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।
उपाध्यक्षमा पनि थेबे प्यानलबाट महाराज गुरुङ र विनय शाह निर्वाचित भए । पुरी प्यानलका पर्वत भण्डारी र प्रकाश गौतम पराजित भए ।
महासचिवमा थेबे प्यानलका महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही निर्वाचित भए । पुरी प्यानलका कुबेर अधिकारी र खेमराज शर्मा पराजित भए ।
प्रकाशित मिति २०८२ जेठ १४ गते मंगलबार ०७:५५