२०८३ साउन २१ गते बिहीबार

गोरखाको सहीद लखन गाउँपालिकामा प्रशासनिक भवन उद्घाटन, प्रचण्ड र मुख्यमन्त्री पाण्डेको संयुक्त उपस्थिति

गोरखाको सहीद लखन गाउँपालिकामा  प्रशासनिक भवन उद्घाटन, प्रचण्ड र मुख्यमन्त्री पाण्डेको संयुक्त उपस्थिति

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ जेठ १४ गते मंगलबार ०८:०१

अध्यक्ष रमेश थापाले नवनिर्मित भवनबाट सेवाप्रवाह थप प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

गोखरा ।

गोरखाको सहीद लखन गाउँपालिका–६, घैरुङमा निर्माण सम्पन्न भएको नयाँ प्रशासकीय भवन मंगलबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयुक्त उपस्थिति रहेको थियो ।

२१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त ४ तले भवनमा कुल ५२ वटा कोठाहरू छन् । सहिद लखन गाउँपालिकाका भवन निर्माण शाखा प्रमुख तथा इन्जिनियर राजन रानाभाटका अनुसार भवन निर्माणमा ८ करोड ४३ लाख ११ हजार २३७ को लागत लागेको हो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नकारात्मक धारणा फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण अब ढिलो नगरी अघि बढाइनुपर्नेमा पनि जोड दिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतासँग चुनावी वाचा पूरा गर्न सबै तहले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले संघीय सरकारबाट बन्नुपर्ने कानुन अझै नबन्दा प्रदेश र स्थानीय तहले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरे ।

त्यस्तै, शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापाले नवनिर्मित भवनबाट सेवाप्रवाह थप प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति २०८२ जेठ १४ गते मंगलबार ०८:०१
हजुरको प्रतिक्रिया