२०८३ साउन २१ गते बिहीबार

पोखराको टप्स माविमा नमुना निर्वाचन

पोखराको टप्स माविमा नमुना निर्वाचन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १५ गते बुधबार ०७:५३

यो अभ्यासले वास्तविक जिवनमै निर्वाचन कस्तो हुन्छ भन्ने कुरा प्रदान गरेको थापाको अनुभव छ ।

पोखरा

लोकतान्त्रिक अभ्यासप्रति विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि पोखराको टप्स माध्यमिक विद्यालयले आज नमुना निर्वाचन कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले आफैं मतदाता, उम्मेद्वार र निर्वाचन अधिकृत बनेर निर्वाचन प्रक्रिया सिक्ने अवसर पाए ।

कार्यक्रम बिहान साढे १० बजेबाट सुरु भएको थियो । विद्यालय परिसरलाई मतदान केन्द्रजस्तो सजाइएको थियो । प्रवेशद्वारमा मतदाता परिचयपत्र जाँच, नामावली मिलाउने कार्य, मतपत्र वितरण, गोप्य मतदान स्थान, र मतपेटिकासमेतको व्यवस्था गरिएको थियो ।

विद्यार्थीहरू नामावली अनुसार लाइनमा उभिएर पालैपालो मतदान केन्द्रभित्र प्रवेश गर्दै थिए । मतपत्रमा उम्मेदवारहरूको नाम पढेर मन परेको उम्मेदवारलाई चिन्ह लगाई गोप्य कक्षमा भोट हाल्ने अभ्यास गरिएको थियो ।

दिक्षान्त थापाले यो निर्वाचन प्रक्रियाबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताए । यो अभ्यासले वास्तविक जिवनमै निर्वाचन कस्तो हुन्छ भन्ने कुरा प्रदान गरेको थापाको अनुभव छ ।

सहप्राचार्य जीवन बरालले निर्वाचन कसरी गराइन्छ ? विद्यार्थी आफैले सिकुन भनेर नमुना मतदानको अभ्यास गरिएको बताए । मतदानमा कक्षा ६ देखि १० सम्मका ६०० विद्यार्थी सहभागी भएका थिए । मतदानअघि मतदाता शिक्षासमेत प्रदान गरिएको बरालले बताए ।

पोखरा १० बुद्धचोकमा रहेको उक्त विद्यालयमा कक्षा एक देखि १० सम्म एक हजार ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका सञ्चालक युवराज लामिछानेले यसपटकदेखि कक्षा ११ र १२ मा समेत पढाई सुरु गर्ने विद्यालयको तयारी रहेको बताए । विद्यालयले म्यानेजमेन्ट, साइन्स र होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्नेछ ।

प्रकाशित मिति २०८२ जेठ १५ गते बुधबार ०७:५३

हजुरको प्रतिक्रिया