काठमाडौं ।
सरकारले छिमेकी मित्र राष्ट्रहरूसँग आपसी हित र विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हु्न् ।
उनकाअनुसार सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध विकसित गरिनेछ । सवल आर्थिक कुटनीतिका माध्यमबाट वैदेशिक सहायता तथा लगानी, निर्यात र पर्यटन प्रवद्र्धन गरिने उनले बताए ।
सि–वेड माइनिंगमा नेपालको अधिकार स्थापित गरी लाभान्वित हुन अग्रसरता लिइने उनले बताए । विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गरिनेछ ।
गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पँहुचलाई राष्ट्रिय विकासमा उपयोग गरिने उनले जानकारी दिए ।
विदेशमा संकटमा परेका नेपालीलाई यथाशीघ्र उद्धारको प्रवन्ध मिलाइने पनि उनको भनाइ छ ।
प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०९:१९