२०८३ साउन २१ गते बिहीबार

एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १९ गते आइतबार ०९:४८

काठमाडौं । आइतबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको...

काठमाडौं ।

आइतबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार ०९:४८
हजुरको प्रतिक्रिया