२०८३ साउन २१ गते बिहीबार

यातयात व्यवसायीको आन्दोलन ः सडकमै अलपत्र परे यात्रु

यातयात व्यवसायीको आन्दोलन ः सडकमै अलपत्र परे यात्रु

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ जेठ १९ गते आइतबार ०८:०८

शनिबार विहान बजार क्षेत्रमा केही संख्यामा अटो संचालन भए पनि दिउसो भने ठप्प भए ।

बागलुङ ।

शुक्रबारदेखि सुरु भएको यातायात व्यवसायिको आन्दोलनका कारण यात्रुले सास्ती खेप्नु परेको छ ।

शुक्रबार बागलुङमा सामान्य भए पनि शनिबार र आइतबार आन्दोलन चर्किएको छ । आन्दोलन चर्किदै गएपछि बागलुङ आएको पर्यटकसमेत प्रभावित बनेका छन् ।

यातायात व्यवसायिकले सडकमै आन्दोलन गरि रहेका छन् । उनीहरुले गाडी रोक्ने, टायरबाट हावा निकाल्ने र सेवा ठप्प पार्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यतायात सेवा ठप्प गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गर्दै व्यवसायीले आन्दोलन जारी राखेका छन। जसको प्रभाव बागलुङमा पनि परेको छ । लामो तथा छोटो दूरीका सवारी साधान ठप्प हुँदा यात्रु अलपत्र परेका हुन् ।

आज कुनै पनि लामो तथा छोटो दुरीका सवारी साधान चल्न सकेका छैनन् । शनिबार गाउँबाट बजार झर्ने फाट्टफुट्ट फिकअपबाहेक अन्य सवारी साधान ग्यारेज र बसपार्कमा थन्काइएको थियो । आज भने सबै साधान ठप्प पारिएको छ ।

शनिबार विहान बजार क्षेत्रमा केही संख्यामा अटो संचालन भए पनि दिउसो भने ठप्प भए । यातायात व्यवसायीको आन्दोलन भने शान्तिपूर्ण नै छ । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले पास गरेर जेठ १ गते राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । अन्दोलनमा उत्रिएका व्यवसायि नियमावली फिर्ता नभएसम्म जारी राख्ने अडानमा छन् ।

बागलुङमा दैनिक दर्जनौँ छोटा तथा लामा दूरीका सार्वजनिक सवारीमा हजारौँ यात्रुले यात्रा गर्ने गर्छन् । पश्चिम नेपालको रोल्पा, रुकुम, जाजरकोट, सल्यान, डोल्पा लगायतका जिल्लाबाट पोखरा काठमाडौँ जाने सवारी साधान बागलुङ हुँदै चल्छन् । व्यवसायिको आन्दोलन चर्केपछी यात्रु विकल्प खोज्न बाध्य छन् ।

प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार ०८:०८
हजुरको प्रतिक्रिया