२०८३ साउन २१ गते बिहीबार

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ०३:४०

काठमाडौ । झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । आउँदो जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले...

काठमाडौ ।
झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ ।
आउँदो जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी गर्न लागेको हो ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिँदै विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताएका हुन् ।
प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
कोशी प्रदेशका १२ वटा जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने निश्चित भइसकेको बताइएको छ ।
प्रदर्शनीमा कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।
पाँच सय विद्यार्थीले प्रतिष्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथो हुनेले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
यसका साथै अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०३:४०
हजुरको प्रतिक्रिया