पोखरा ।
अमेरिकामा चार नेपाली मृत भेटिएका छन् ।
भर्जिनियाको मनासास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत भेटिएका हुन् ।
मृत भेटिनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका छन् ।
घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको छ । उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ भने प्रहरीले यो घटनालाई हत्यापछिको आत्महत्या भनेको छ ।
मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सबै शवलाई मनासासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ ।
स्थानीय टेलिभिजनसँगको कुराकानीमा छिमेकीले करिब ६ महिनाअघि मात्र उनीहरु सो बस्तीमा बसाई सरेको बताएका छन् ।
घटनाको अनुसन्धान चलिरहेको र थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति २०८२ जेठ २५ गते शनिबार ०९:२९