२०८३ साउन २१ गते बिहीबार

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम हुने

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २५ गते शनिबार ०७:५९

तालिम यह २६ गतेबाट सुरु हुनेछ ।

पोखरा ।

पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सञ्चालन हुने भएको छ ।

ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना हुने भएको हो ।

तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरवार्ताबाट ३ सय ५० जना छनोट भएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए ।

तालिम पोखरा महानगरपालिका वडानम्बर ६ मा रहेको बाराही माध्यामिक विद्यालयमा हुने छ । युवाहरु ट्रेकिङ पेसामा लाग्न चाहेको र पर्यटन क्षेत्रमा पनि जनशक्ति आवश्यक भएकाले तालिमको आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए ।

कोरोना पछि दक्ष जनशक्ति विदेशीएको र जनशक्ति अभाव भएको थियो तर अहिले पर्यटन चलायमान भएको हुँदा जनशक्ति पनि आवश्यक भएको उनको भनाइ थियो ।

राज्यले पनि पर्यटनलाई महत्वपूवर्ण क्षेत्रको रुपमा लिएको र व्यवसायीले पनि त्यस्तै तयारी गर्नुपर्ने आवश्यक रहेको आचार्यले उल्लेख गरे । जसका लागि तालिमा आयोजना गरिएको उनको तर्क छ ।

तालिम यह २६ गतेबाट सुरु हुनेछ । ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए ।

टान गण्डकीले वार्षिक रुपमा यस्ता तालिम संचालन गदै आएको सह–सचिव भूपेन्द्रकुमार लामाले बताए । हालसम्म यस्ता तालिमबाट २७ सय भन्दा बढि दक्ष जनशक्ति उत्पादन भइसकेको लामाको दाबी छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारको सहयोगमा तालिमको आयोजना गर्न लागिएको टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति २०८२ जेठ २५ गते शनिबार ०७:५९

हजुरको प्रतिक्रिया