२०८३ साउन २१ गते बिहीबार

पोखराका दुई किसानले विक्रि गरे १५ लाख बढीका तरबुजा

पोखराका दुई किसानले विक्रि गरे १५ लाख बढीका तरबुजा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०७:४८

पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखरा ।

पोखराका दुई किसानले १५ लाख बढीका तरबुजा विक्रि गरेका छन् ।

पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारामा रहेको तिखेढुङ्गामा दुई किसानले १५ लाख भन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका हुन् । सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गर्नुभएकामा ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण पाँच लाख रुपैयाँ बरबरको हानि भएको किसान आचार्यले जानकारी दिए ।

निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । तरबुजा फलाए वापत महानगरपालिकाले उहाँहरुलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको थियो । सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए । पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नम्बर १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ । यसवर्ष पोखरामा झन्डै चार सय टन अर्थात् दुई करोड रुपैयाँ बराबरको तरबुजा उत्पादन भएको छ ।

महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०७:४८
हजुरको प्रतिक्रिया