२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरमा खाजा र खानामा मात्र २ करोड ३८ लाख खर्च

पोखरा महानगरमा खाजा र खानामा मात्र २ करोड ३८ लाख खर्च

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३ गते मंगलबार ०७:४७

ऐनविपरित १२ जना वडाध्यक्ष वार्षिक यातायात सुविधावापत एक लाख ८७ हजार ५ सय रुपैयाँ बुझेका हुन् ।

पोखरा ।

पोखरा महानगरपालिकाले एक आर्थिक वर्षमा खाजा र खानामा २ करोड ३८ लाख खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ मा मात्रै खाजा–खानामा दुई करोड ३८ लाख ११ हजार ५८७ रुपैयाँ खर्च गरेको छ । यसलाई नियन्त्रण गर्न प्रतिवेदनले भनेको छ ।

यस्तै महानगरपालिकाले कार्यपालिका तथा त्यसअन्तर्गतका खर्च केन्द्रबाट होटेलको बिल मात्र पेस गरी ४४ लाख ३२ हजार २१० रुपैयाँ भुक्तानी गरेको भेटिएको छ । जसमा २८ बढी होटेल तथा रेष्टुरेन्टहरु छन् । पोखराका १२ वटा वडाध्यक्षले दोहोरो सुविधा लिइएको पाइएको छ ।

गण्डकी प्रदेश सदस्यले पाउने सुविधा सम्बन्धी ऐनमा कुनै पनि वडाध्यक्षले यातायात सुविधावापत कुनै सवारी साधन वा इन्धन सुविधा पाएको भए यातायात सुविधाको वापतको रकम नपाउने व्यवस्था छ ।

तर, ऐनविपरित १२ जना वडाध्यक्ष वार्षिक यातायात सुविधावापत एक लाख ८७ हजार ५ सय रुपैयाँ बुझेका हुन् । उक्त रकम असुल गर्न महालेखा परीक्षकले निर्देशन दिएको छ ।

प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार ०७:४७
हजुरको प्रतिक्रिया