२०८३ साउन २१ गते बिहीबार

रास्वपाको अवरोधपछि कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रास्वपाको अवरोधपछि कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार १२:५३

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएको रास्वपाले आज शुक्रबार पनि सदनमा अवरोध जारी राखेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ। शुक्रबार...

काठमाडौं ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएको रास्वपाले आज शुक्रबार पनि सदनमा अवरोध जारी राखेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ।

शुक्रबार पनि रास्वपा सांसदहरू निलो स्कार्फसहित उपस्थित भएर बैठक सुरु हुन साथ अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी गराएका हुन् ।

यसबाहेक अन्य कार्यसूचीमा भने सभामुखले पेलेर अघि बढेका छन्।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार १२:५३
हजुरको प्रतिक्रिया