२०८३ साउन २१ गते बिहीबार

कास्कीको रुपा गाउँपालिकाले ल्यायो ४८ करोडको बजेट

कास्कीको रुपा गाउँपालिकाले ल्यायो ४८ करोडको बजेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ८ गते आइतबार ०८:१२

गाउँपालिकाको पूर्वाधार विकास अन्तर्गत ३ करोड ९७ लाख ४७ हजार विनियोजन गरिएको छ ।

पोखरा ।

कास्कीको रुपा गाउँपालिकाले ४८ करोड ५ लाख ३७ हजार बजेट ल्याएको छ ।

रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गदैँ पुजिगत तर्फ १५ करोड २० लाख ५७ हजार र चालु तर्फ ३३ करोड ३४ लाख ४८ हजार खर्चको अनुमन पालिका सभामा पेस गरिन् ।

आगामी आर्थिक वर्षका लागि पेस भएको खर्चमा नेपाल सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७ कारोड ६५ लाख राजश्व बाडफाडबाट प्राप्त हुने ७ करोड ३२ लाख ससर्त अनुदान १८ करोड ७२ लाख समपुरक अनुदान ५ करोड ७७ लाख र विशेष अनुदान १ करोड ६५ लाख रहेको छ ।

यस्तै गण्डकी प्रदेश सरकारबाट विशेष अनुदान ४० लाख रहेको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

बजेटमा अपुग रकम ५ करोड ५३ लाख १४ हजार मध्य चालु वर्षको अल्याबाट ३ करोड ८९ लाख १४ हजार र आन्तरिक स्रोतबाट १ करोड ६४ लाख व्यहोरिने अनुमान गरिएको छ ।

रुपाले कृषिलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, पूर्वाधार, शिक्षा र भौतिक पूर्वाधारमा महत्वका साथ बजेट बिनियोजन गरेको छ ।

कृषि कार्यक्रम तर्फ मिहेनती कृषकको हातः गाउँपालिकाको साथको नारा दिएको छ । घुम्ती कृषि उपज हाटबजार सञ्चालन जस्ता कार्यक्रम संचालनको लागि आर्थिक बिकासको कृषि क्षेत्र तर्फ रकम रु २ करोड ९७ लाख बिनियोजन गरिएको छ । लसुन प्याज वेसार टिमुर हलेदो लगायतका मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्युनतम अनुदान व्यवस्थापनको लागि रकम ८५ लाख विनियोजन गरिएको छ ।

सामाजिक बिकास तर्फ रकम रु २१ करोड २३ लाख १० हजार बिनियोजन गरेको छु । ‘’छोरी काखामाः बचत खातामा” नाराका साथ रूपाकी छोरी कार्यक्रमको समेत प्रारम्भ गर्नको लागि ५ लाख बिनियोजन गरेको छु । पुर्वाधार क्षेत्रतर्फ रुकम रु १० करोड ८९ लाख बिनियोजन गरिएको छ ।

गाउँपालिकाको पूर्वाधार विकास अन्तर्गत ३ करोड ९७ लाख ४७ हजार विनियोजन गरिएको छ ।

प्रकाशित मिति २०८२ असार ८ गते आइतबार ०८:१२

हजुरको प्रतिक्रिया