२०८३ साउन २१ गते बिहीबार

पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १२ गते बिहीबार ०३:१३

काडमाडौ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो । फाउण्डेशनका सचिवालय सदस्य...

काडमाडौ ।
यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।
फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलकाअनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।
पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् । शेर्पाले करिव १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए ।
शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

 

प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार ०३:१३
हजुरको प्रतिक्रिया