२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री ओली आज स्पेनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज स्पेनको औपचारिक भ्रमणमा जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०९:१८

भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६–१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

पोखरा ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेनको औपचारिक भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओली आज अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन् । स्पेन जानु अघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अपराह्न ५ बजे पत्रकारसँग कुराकानी गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६–१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तक्र्रिया गर्नेछन् ।

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाटसमेत हुने दूतावासले जनाएको छ । उनी यही असार २० गते स्वदेश फर्किनेछन् ।

यसैबीच स्पेन जानु अघि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

प्रधानमन्त्री ओली आज अपराह्न स्पेन भ्रमण जाँदै छन् । सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०९:१८
हजुरको प्रतिक्रिया