२०८३ साउन २१ गते बिहीबार

उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नु सरकारको बाध्यताः मन्त्री भण्डारी

उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नु सरकारको बाध्यताः मन्त्री भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २४ गते मंगलबार ०५:१७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नुपर्ने सरकारको बाध्यता रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नुपर्ने सरकारको बाध्यता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको माग तीव्र गतिमा बढेको भएपनि घरेलु उत्पादनले त्यसलाई धान्न सक्ने अवस्था नरहेको बताए । उनले छोटो अवधिमा राजस्व संकलनका लागि समेत आयात खुला राख्नु सरकारको बाध्यता भएको बताए ।

उनले उपभोग्य र विलासी वस्तुको आयात बढ्दा सोधनान्तर घाटा बढिरहेको बताउँदै नेपालमा निर्यातभन्दा आयात धेरै भएको कारण व्यापार घाटा र शोधनान्तर घाटा दुबै बढिरहेको बताए ।

प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०५:१७
हजुरको प्रतिक्रिया