२०८३ साउन २१ गते बिहीबार

गुरु पूर्णिमा पर्व मनाइँदै

गुरु पूर्णिमा पर्व मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २६ गते बिहीबार ०९:५६

पोखरा । आज गुरुपूर्णिमा पर्व मनाइँदैछ । चन्द्रमासको असार पूर्णिमाका दिन मनाइने यो पर्वमा गुरुप्रति भक्तिभाव र कृतज्ञता व्यक्त गरिन्छ । आजको दिन शिक्षा दिनेदेखि गायत्री तथा वेद सुनाउने र विशेष दीक्षा दिने गुरुजनप्रति सम्मान...

पोखरा ।

आज गुरुपूर्णिमा पर्व मनाइँदैछ । चन्द्रमासको असार पूर्णिमाका दिन मनाइने यो पर्वमा गुरुप्रति भक्तिभाव र कृतज्ञता व्यक्त गरिन्छ ।

आजको दिन शिक्षा दिनेदेखि गायत्री तथा वेद सुनाउने र विशेष दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने हिन्दू परम्परा छ ।

यो पर्व परम्पराको निरन्तरता मात्र नभएर पारिवारिक र सामाजिक अनुशासनको स्मरण गराउने अवसर पनि भएको लोकपरम्परा र संस्कृतिका जानकारहरु बताउँछन् । प्राचीन गुरुकुल परम्पराको शिक्षाले परिवार, समाज, राष्ट्र र चराचर जगतप्रतिको दायित्व र कर्तव्यबारे ज्ञान दिएर परिपक्व नागरिक बनाउने गरेका सन्दर्भ प्राचीन साहित्य र इतिहासमा वर्णन पाइने उनीहरुको भनाई छ ।

गुरुबाट प्राप्त शिक्षाले ज्ञानवान् भएका शिष्यले कृतज्ञता तथा अहोभाव व्यक्त गर्ने अवसरका रूपमा यो पर्वलाई लिने गरिएको छ ।

यस दिन गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्र आभूषण फेराउने र मिष्ठान्न भोजन गराउने परम्परा रहेको छ ।

प्रकाशित मिति २०८२ असार २६ गते बिहीबार ०९:५६
हजुरको प्रतिक्रिया