गोरखा ।
गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दीबास निवासी (उमेर करिब ३०–३५ वर्ष) का थरपुन गुरुङको लडेर मृत्यु भएको छ ।
गुरुङ मंगलबार करिब ११ः०० बजे चुमनुब्री गाउँपालिका–४ नामरुङबाट घरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएका थिए । उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय लार्केमा खबर प्राप्त भएपछि खोजतलास थालिएको थियो ।
खोजीको क्रममा असार बुधबार ७ बजे मनास्लु पदमार्ग अन्तर्गत लार्के क्षेत्रको गोरेटो बाटोबाट झण्डै ३०० मिटर तल भिरमा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
हाल घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८२ असार २६ गते बिहीबार ०८:२२