२०८३ साउन २१ गते बिहीबार

मगर र गुरुङ भाषाले सरकारी मान्यता पाएपछि मुख्यमन्त्री पाण्डेलाई सम्मान

मगर र गुरुङ भाषाले सरकारी मान्यता पाएपछि मुख्यमन्त्री पाण्डेलाई सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०४:२१

पाेखरा । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिएपछि तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मान गरेको छ। परिषद्ले काठमाडौँस्थित आफ्नो केन्द्रीय...

पाेखरा ।
गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिएपछि तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मान गरेको छ।

परिषद्ले काठमाडौँस्थित आफ्नो केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी मुख्यमन्त्रीलाई सम्मान गरेको हो।

प्रदेश सरकारको यो निर्णयसँगै देशभरका मगर तथा गुरुङ समुदायसँग सम्बद्ध संघसंस्थाहरूले स्वागत गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। परिषद्का अनुसार, देश-विदेशमा रहेका समुदायका सदस्यहरूले दीप प्रज्वलन र धन्यवाद कार्यक्रममार्फत खुसियाली मनाएका छन्।

कार्यक्रममा बोल्दै समुदायका प्रतिनिधिहरूले आफ्नो बाहुल्यता रहेको गण्डकी प्रदेशमा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन वर्षौंदेखि गरेको निरन्तर प्रयास मुख्यमन्त्री पाण्डेको नेतृत्वमा पूरा भएको भन्दै खुसी व्यक्त गरे।

सम्मान ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले भाषालाई व्यवहारमा सहज रूपमा प्रयोग गर्न सरकारलाई सहयोग गर्न आग्रह गरे। उनले लिपिको प्रयोगमा एकरूपता ल्याउने विषयमा पनि सहकार्यका लागि मगर र गुरुङ समुदायसम्बद्ध संघसंस्थाहरूलाई अनुरोध गरे।

मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने विधेयक गण्डकी प्रदेश सभाबाट यही असार २४ गते पारित भएको थियो।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०४:२१
हजुरको प्रतिक्रिया