२०८३ साउन २१ गते बिहीबार

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीद्वारा छोरेपाटन माविका अध्यक्षमाथि भ्रष्टाचारको आरोपमा कालोमोसो

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीद्वारा छोरेपाटन माविका अध्यक्षमाथि भ्रष्टाचारको आरोपमा कालोमोसो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०४:३०

पाेखरा। छोरेपाटन माध्यमिक विद्यालय पाेखराका विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्ष बद्रिनाथ पहारीमाथी दुर्व्यवहार गरेका हुन्...

पाेखरा।
छोरेपाटन माध्यमिक विद्यालय पाेखराका विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ।

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्ष बद्रिनाथ पहारीमाथी दुर्व्यवहार गरेका हुन् ।

अखिल क्रान्तिकारीले जारी गरिएको प्रेस विज्ञप्तिमा विद्यालयमा व्यापक अनियमितता, अपारदर्शिता र आर्थिक दुर्व्यवहार भएको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “विगत लामो समयदेखि अध्यक्षको एकल निर्णय, स्रोत साधनको दुरुपयोग, जनप्रतिनिधि र स्थानीय नेताहरूको संरक्षणमा भ्रष्टाचार मौलाउँदै आएको छ।”

विद्यालयको आर्थिक तथा भौतिक विकासका नाममा आएका रकमको सार्वजनिक विवरण नदिइएको, शिक्षण–अशिक्षण सामग्री खरिद प्रक्रिया अपारदर्शी भएको, अनावश्यक निर्माण कार्यमार्फत रकम लुटिएकोजस्ता गम्भीर आरोपहरु लगाइएको छ। यस विषयमा पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको र बाध्य भएर यस्तो प्रतीकात्मक विरोध गरिएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०४:३०
हजुरको प्रतिक्रिया