२०८३ साउन २१ गते बिहीबार

एमालेको संगठित सदस्यता नवीकरण गर्न अब परीक्षा दिनुपर्ने

एमालेको संगठित सदस्यता नवीकरण गर्न अब परीक्षा दिनुपर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३१ गते मंगलबार ०८:०१

काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ । केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ’सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो । उक्त बैठकका निर्णयबारे जानकारी...

काठमाडौं ।

नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ ।

केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ’सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो ।

उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ ।

विभागका सचिव ढुंगेल पार्टीका नीति, सिद्धान्त, दृष्टिकोण, विचारलगायतबारे जानकारी छ कि छैन भन्ने बुझ्न सामान्य परीक्षा लिइने बताए ।

प्रशिक्षण दिने र अन्तिम वस्तुगत प्रश्न सोध्ने ढुंगेलले सुनाए । एमालेमा ५ लाख ५० हजार संगठित सदस्य छन् ।

प्रकाशित मिति २०८२ असार ३१ गते मंगलबार ०८:०१
हजुरको प्रतिक्रिया