२०८३ साउन २१ गते बिहीबार

लमजुङमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

लमजुङमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

विराट न्यौपाने 

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०७:४५

जमिन उपलब्ध गराउने स्थानको समेत स्थलगत अनुगमन गरिएको थियो ।

लमजुङ ।

भूमि समस्या समाधान आयोग लमजुङले १६ भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ ।

राईनास नगरपालिका–६ धमिलिकुवा बुधबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतको उपस्थितिमा उनीहरुलाई लालपुर्जा वितरण गरिएको हो ।

राइनासको पौवा र स्याउलीमा बस्दै आएका भूमिहीन दलित तथा सुकुम्बासीलाई सार्वजनिक जग्गाबाट लालपुर्जा वितरण गरिएको आयोग जिल्ला अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए । उनकाअनुसार पहिलो चरणमा १६ जनालाई १९१.०४ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा व्यवसायिक र आवासीय प्रयोजनका लागि उपलब्ध गराइएको हो ।

कार्यक्रममा अर्थमन्त्री गुरुङले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनु राज्यको उत्तरदायित्व भएको बताए । उनले आगामी दिनमा बाँकी भूमिहिनलाई समेत न्याय सुनिश्चित हुने उल्लेख गरे । मन्त्री गुरुङले राज्यले नागरिकको जीवनमा स्थायीत्व ल्याउने कार्यलाई अझ गति लिने उनको विश्वास छ ।

लालपुर्जा वितरण गर्नुअघि भूमिहीनहरु बसोबास गरिरहेको स्थान र जमिन उपलब्ध गराउने स्थानको समेत स्थलगत अनुगमन गरिएको थियो । आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले भूमिहीन समस्याको दीर्घकालीन समाधानका लागि आयोग गम्भीर रूपमा लागिपरेको बताए । उनका अनुसार वडाले प्रविष्ट गरेको विवरणको आयोगले छानबिन गरी लालपुर्जा वितरण गरिएको हो ।

अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै यो वितरणमा आइपुगेको समेत अध्यक्ष अधिकारीले स्मरण गरे ।

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०७:४५
हजुरको प्रतिक्रिया