२०८३ साउन २१ गते बिहीबार

पहिरोले घर पुरिएपछि बेपत्ता बृद्ध दम्पती मृत फेला

पहिरोले घर पुरिएपछि बेपत्ता बृद्ध दम्पती मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ५ गते आइतबार ०२:५९

पोखरा । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ। छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती...

पोखरा ।

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ।

छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएरातिको पहिरोमा विक दम्पती परेका थिए।

गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।

यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ।

स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०२:५९
हजुरको प्रतिक्रिया