पोखरा ।
पोखरामा उपचाररत बिरामीका आफन्तले आफ्नो विरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका छन् ।
पोखराको नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो विरामीको मृत्यु भएको भन्दै बिहीबार तोडफोड गरेका हुन् ।
उनीहरुले अस्पतालको प्रशासनमा तोडफोड गरेका हुन् । विरामीका आफन्तले प्रशासनको पाटेसन तोड्न गर्ने क्रममा सिसा फुटेको अस्पतालले जनाएको छ । बागलुङ जिल्ला जैमेनी नगरपालिका–७ का पूर्वअध्यक्ष समेत रहेका जितबहादुर राना स्वास्थ्य समस्या आए पछि गण्डकी मेडिकल कलेजमा उपचारका लागि आएका थिए ।
उपचारको क्रममा उनको साउन ७ गते निधन भएको थियो । पिसाव नलिमा समस्या भएका रानाको साउन ५ गते अप्रेसन गरिएको थियो । अप्रेसन पछि उनको अवस्था सामान्य थियो । अप्रेसन गरेको घाँउ ड्रेसिङ गर्ने क्रममा डाक्टरको लापरवाहीको कारण उनको मृत्यु भएको आफन्तको दावी छ ।
मृतकका आफन्तले घटनाको छानबिन गरि दोषिलाई कारवाही र पीडितलाई राहात उपलब्ध गराउन भन्दै अस्पताल प्रशासनमा आज बिहानैबाट दवाव दिएका थिए ।
पटक पटक छलफल भए पनि कुनै निष्कर्ष ननिस्किए पछि आफन्तले दिउँसो करिब तीन बजेको समयमा अस्पतालको प्रशासनमा तोडफोड गरेका थिए । प्रहरीले अस्पतालमा दिनभर सुरक्षा दिएको थियो भने प्रशासन र आफन्तबिच निरन्तर छलफल चलिरहेको छ ।
प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०७:३५




