२०८३ साउन २१ गते बिहीबार

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रहः ठूलो परियोजनामा लगानी गर्नुहोस्

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रहः ठूलो परियोजनामा लगानी गर्नुहोस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १२ गते आइतबार ११:५५

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा...

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।

आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिब तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताएका छन् । उनले लगभग सतप्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताए । २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह समेत गरे । त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उनले सुझाव पनि दिए ।

मन्त्री खड्काले देशको आवश्यकता अनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिए । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उनको आग्रह थियो । सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काको जिकिर थियो ।

प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ११:५५
हजुरको प्रतिक्रिया