पोखरा ।
नाटक मुनामदन साउन १८ देखि चितवनको माडी र भरतपुरमा मञ्चन हुने भएको छ ।
पोखरा थिएटरको प्रस्तुतिमा पोखरामा मञ्चन भएको मुनामदन चितवनमा पनि मञ्चन हुन लागेको हो । चितवन माडीस्थित होटल प्याराडाइजमा साउन १८ र १९ गते उक्त नाटक मञ्चन हुनेछ ।
त्यसपछि भरतपुरमा साउन २१ गतेबाट सुरु हुनेछ । दुवै ठाउँमा दैनिक ३ शो हुनेछ । देशव्यापी मञ्चन गर्ने लक्ष्यका साथ चितवनमा नाटक मञ्चन गर्न लागिएको नाटकका निर्देशक परिवर्तनले जानकारी दिए ।
दशैपछि देशका मुख्य मुख्य शहर र गण्डकीका सबै जिल्ला मञ्चन गर्ने अभियान रहेको निर्देशक परिवर्तनले बताए ।
यसअघि उक्त नाटक पोखरामा दुईपटक मञ्चन गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘मुनामदन’ खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका हुन् ।
नाटकमा परिवर्तन, कृष्टि गुरुङ, प्रमिला तुलाचन, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, प्रकाश रेग्मी, सुसन पौडेल, सितला अधिकारी, दिलबहादुर थापा, अर्जुन शर्मा, अञ्जली शाही र राहुल श्रेष्ठ लगायतको अभिनय हेर्न पाइनेछ ।
यस्तै नाटकमा स्थानीय कलाकारको पनि रहनेछ ।
निर्देशक तथा परिकल्पनाकार परिवर्तनले मुनामदनको गरिमा बचाउन चुनौती रहेको भन्दै झ्याउरे लयमा रहेको खण्डकाव्यलाई शास्त्रीय संगीतको प्रयोगसहित दृश्यमा केही फरकपन दिन खोजेको जानकारी दिए ।
प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०८:२१




