२०८३ साउन २१ गते बिहीबार

सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेक अरू संस्थाको वाईफाई अब बन्द हुने

सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेक अरू संस्थाको वाईफाई अब बन्द हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १३ गते सोमबार ०९:३३

दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अरू संस्थाले सार्वजनिक ठाउँमा दिइरहेको वाईफाई बन्द गर्नु गरी विनियमावली संशोधन भएको प्राधिकरणले जनाएको छ ।

पोखरा ।

सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेक अरूको वाईफाई अब बन्द हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सञ्चालन विनियमावली २०७५लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अरू संस्थाले सार्वजनिक ठाउँमा दिइरहेको वाईफाई बन्द गर्नु गरी विनियमावली संशोधन भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अरू संस्थाले कुनै भवन वा भवनले ओगटेको घर कम्पाउण्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङमल, उद्यान, बगैंचा लगायत सार्वजनिक ठाउँले ओगटेको निश्चित क्षेत्रफल भएको ठाउँमा वाईफाई सञ्चालन गर्न पाउनेछन् ।

यस्तै, यस्ता संस्थाले एक पटकमा निश्चित समयावधिको लागि वा निश्चित मात्रामा मात्र सार्वजनिक ठाउँमा वाईफाई हटस्पट स्थापना गर्न सक्ने व्यवस्थामा भने रोक नलगाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०९:३३
हजुरको प्रतिक्रिया