२०८३ साउन २१ गते बिहीबार

पुख्र्यौली गाउँ जोगाइ दिन माग गर्दै ध्यानाकर्षण

पुख्र्यौली गाउँ जोगाइ दिन माग गर्दै ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १४ गते मंगलबार ०८:०४

दोस्रो चरणमा सीमा स्तम्भबाट ६५ मिटरको क्षेत्र छुट्याउने महानगरको तयारी छ ।

पोखरा ।

तालपारी अनदुँ मापदण्ड सरोकार समितिले आफ्नो पुख्र्यौली गाउँ जोगाइ दिन माग गर्दै ध्यानाकर्षण गराएको छ ।

समितिले ३ बुँदे माग राख्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।

फेवातालसँग गहिरो र अटूट ऐतिहासिक र सांस्कृतिक सम्बन्ध गाँसिएकोले पुख्र्यौली बसोबास र यस क्षेत्रसँगको गहिरो सम्बन्धलाई सम्मान गर्न समितिले माग गरेको छ ।

यस्तै तालको संरक्षणसँगै बस्ती र घरपरिवार पनि सुरक्षित हुने वैकल्पिक उपायको खोजी गर्नसमेत उनीहरुले माग गरेका छन् ।

समितिले कुनै पनि नीति, नियम र योजना बनाउँदा हामीलाई संलग्र गराई परामर्श र सहमति लिन पनि माग गरेको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने सकिएको छ । दोस्रो चरणमा सीमा स्तम्भबाट ६५ मिटरको क्षेत्र छुट्याउने महानगरको तयारी छ ।

त्यसपछि मुआब्जा दिनुपर्ने र नपर्ने जग्गा छुट्याउने प्रक्रिया थालिने मेयर आचार्यले बताए । स्थानीयसँग समन्वय गरी अदालतको आदेश कार्यान्वयन गरिने मेयर आचार्यले बताए ।

प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार ०८:०४
हजुरको प्रतिक्रिया