२०८३ साउन २१ गते बिहीबार

चितवनमा १५ दिनमा २० जनामा देखियो डेङ्गी

चितवनमा १५ दिनमा २० जनामा देखियो डेङ्गी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार ०८:०५

यो मुसामा पाइने माइट अर्थात् (किर्नाजस्तो देखिने कीरा) को टोकाइबाट मानिसमा सर्छ ।

काठमाडौं ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेकामध्ये १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

साउनको बितेका १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गी सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये १४ जना चितवनका हुन् भने ६ जना जिल्लाबाहिरका छन् । जनस्वास्थ्य अधिकृत पोखरेलका अनुसार लामखुट्टेका लागि अनुकूल वातावरण बनेको र साउन, भदौ र असोजमा डेङ्गीको सङ्क्रमण उच्च हुने गर्छ । यस्तै स्क्रब टाइफसका बिरामी पनि बढेका छन् ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २३ जना चितवनका हुन् भने नौ जना जिल्लाबाहिरका छन् ।

स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । यो मुसामा पाइने माइट अर्थात् (किर्नाजस्तो देखिने कीरा) को टोकाइबाट मानिसमा सर्छ ।

माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घरवरिपरिको फोहर क्षेत्रमा पाइन्छ । यस्ता सङ्क्रमणबाट जोगिन वरपरको वातावरण सरसफाइ र शरीर पूरै ढाकिने कपडा लगाउन डाक्टरको सल्लाह छ ।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०८:०५
हजुरको प्रतिक्रिया