२०८३ साउन २१ गते बिहीबार

तनहुँ बस दुर्घटना अपडेट : ५ जनाको उद्धार

तनहुँ बस दुर्घटना अपडेट : ५ जनाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १९ गते आइतबार ०५:२२

बसमा कति यात्रु सवार थिए विस्तृत थाहा हुने जनाइएको छ ।

तनहुँ

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहराबाट यात्रुवहाक बस खसेको छ ।

सडकबाट १५ मिटर तल मस्र्याङदी नदीको किनारमा बस खसेको हो ।

गोरखाबाट नारायणगढतर्फ जादै गरेको ग २ ख १०७७ नम्बरको यात्रुवहाक खसेर दुर्घटना भएको छ । बसबाट ५ जना यात्रुको उद्धार गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए ।

उद्धार गरिएका मध्य एक जनाको अवस्था गम्भिर छ । ‘गम्भिर घाइते एक जनालाई थप उपचारका लागि सिएमसी भरतपुर पठाएका छौं’, उनले भने, ‘एक जना मध्यम घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुदैछ ।’ थप तीन जनाको अवस्था समान्य रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

बसको अगाडीको भाग जमिनमा गडेको छ । क्रेनमार्फत निकाल्ने काम भइरहेको उनको भनाइ छ । त्यसपछि बसमा कति यात्रु सवार थिए विस्तृत थाहा हुने जनाइएको छ ।

प्रकाशित मिति २०८२ साउन १९ गते आइतबार ०५:२२
हजुरको प्रतिक्रिया