पोखरा ।
शर्मिला वाइवा पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले वाइवालाई पोखरा लेकसाइडबाट मंगलबार पक्राउ गरेको छ ।
कास्की प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले साइबर ब्यूरोको पत्रका आधारमा वाइवालाई पक्राउ गरिएको जानकारी दिए ।
विद्युतिय कारोबार सम्बन्धी मुद्दामा वाइवालाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।
पक्राउ गरी साइबर ब्युरोमा पठाइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०५:४८