२०८३ साउन २१ गते बिहीबार

धनगढीस्थित कारागार विवादः घाइते एक जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

धनगढीस्थित कारागार विवादः घाइते एक जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २५ गते शनिबार ०८:०७

कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

काठमाडौं ।

कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

शनिवार सिंहदरबारमा सुरक्षा प्रमुखहरुसँग गृहमन्त्री लेखकले छलफल गरको हुन् । कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाइ छलफल गरे ।

छलफलमा उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको र परिस्थिति सहज बनाउन सुक्षम रुपले हेरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

उनकाअनुसार गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको र हेलिकप्टर उडिसकेको छ । अन्य घाइतको उपचारको उचित व्यवस्था मिलाइएको बताए ।

उनले कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको उल्लेख गरे ।

उनले भने, ‘कैलालीको कारागारमा भएको घटनाका सन्दर्भमा गृहमन्त्रीज्युको नेतृत्वमा तीन वटै सुरक्षा निकायका प्रमुख, गृह सचिवज्यु सबै बसेर छलफल गरेका छौँ । यस घटनालाई गृह मन्त्रालय र समग्र सुरक्षा निकायले परिस्थिति सहज बनाउन गम्भीरतापूर्वक सुक्ष्म रुपले हेरेको अवस्था छ ।

गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएका छौँ । हेलिकप्टर उडिसकेको छ । अन्य घाइतको उपचारको उचित व्यवस्था मिलाइएको छ । कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको छ ।’

कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार ०८:०७

हजुरको प्रतिक्रिया