बागलुङ ।
बागलुङ नगरपालिका–१ मालढुङ्गामा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले गण्डकी परियोजना अन्तरगत धार्मिक संरचना निर्माण गरेको छ ।
जिल्ला प्रवेशद्वार मालढुङ्गामा लक्ष्मीनारायण मन्दिर र सभाहल निर्माण गरिएको छ । इस्कोनले दानमुठी गर्ने भक्तजनबाट संकलित रु करोड ५० लाखको लागतमा सभाहलसहितको मन्दिर निर्माण गरेको हो ।
लक्ष्मीनारायण गुठीको १७ रोपनी जमिनमा इस्कोन गण्डकी परियोजना सञ्चालनमा छ । तीन वर्ष अघि निर्माण भएको डीपीआर अनुसार यहाँ ४३ करोडका संरचना बन्नेछन् ।
परियोजना अन्तरगत सभाहल, मन्दिर, साकाहारी भोजनालय, धर्मशाला र अतिथिगृह बनाइने छ । त्यससँगै कालीगण्डकी किनारमा स्नानस्थल, आरतीको विशेष मञ्च र ध्यान स्थलसमेत बनाइनेछ ।
हाल निर्माण गरिएको मन्दिर र सभाहल भने साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीको दिन उद्घाटन गरिने इस्कोन बागलुङले जनाएको छ ।
प्रकाशित मिति २०८२ साउन २६ गते आइतबार ०६:००