२०८३ साउन २१ गते बिहीबार

महाकाली नदीमा पानीको बहाव उच्च

महाकाली नदीमा पानीको बहाव  उच्च

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३० गते बिहीबार १२:१५

महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ ।

महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाव मापन

काठमाडौं ।

महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ ।

बिहीबार बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाव मापन भएको थियो । त्यसैले चार पाङ्ग्रे र दुई पाङग्रे सवारी साधन तथा मानिसहरुको समेत आउ–जाउ बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख भन्दा बढी भएमा सुरक्षाका दृष्टिकोणले खतरा मानिन्छ । भारततर्फ पर्ने शारदा ब्यारेज केन्द्रले पनि सूचना जारी गर्दैै आगामी केही घण्टा अझै वर्षा हुने सम्भावना रहेको र बहाव अझै बढ्ने सम्भावना रहेकाले पुल हुँदै यात्रा गर्न रोक लगाइएको जनाएको छ । सूचनामा अत्यावश्यक नपरेसम्म यात्रा नगर्न भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वर्षा गराउने प्रणाली पश्चिम नेपालतर्फ केन्द्रित छ । त्यसैले वर्षाको सम्भावना अझै कायम रहेको मौसमविदहरु बताउँछन् ।

प्रकाशित मिति २०८२ साउन ३० गते बिहीबार १२:१५
हजुरको प्रतिक्रिया