२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा अराजकता फैलाउन उद्दत छ : प्रधानमन्त्री ओली

राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा अराजकता फैलाउन उद्दत छ : प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३१ गते शुक्रबार ०७:५९

प्रधानमन्त्री ओलीले कानून र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुराहरुमा जोरजोलुम गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने पनि बताएका छन् ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरु देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरेका छन् ।

शुक्रवार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रास्वपा लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरु देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरेका हुन् ।

केही पार्टीहरुले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने तर्क गरे । उनले मुलुकको शान्ती व्यवस्था खल्बल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्वहरु सक्रिय रहेको उल्लेख गरे ।

विगतमा भएका राजनीतिक घटनाहरुको स्मरण गर्दै प्रधानमन्त्री ओलीले केही शक्तिहरु त्यस्तै घटनाहरू दोहोर्‍याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गरे ।

नेपाली नागरिकलाई सुखि र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कानून र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुराहरुमा जोरजोलुम गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति २०८२ साउन ३१ गते शुक्रबार ०७:५९
हजुरको प्रतिक्रिया