२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा करियर बुथ स्थापना हुँदै

गण्डकी प्रदेशमा करियर बुथ स्थापना हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०७:३१

करियर बुथहरुले स्थानीय युवालाई रोजगारी, सीपमूलक तालिम तथा करियर परामर्शमा पहुँच बढाउने अपेक्षा गरिएको छ ।

पोखरा ।

गण्डकी प्रदेशमा शैक्षिक प्रणाली कार्याशाला (आइल्याब) नेपाल कार्यक्रम अन्र्तगत करियर बुथ स्थापना हुने भएको छ ।

प्रदेशका १० स्थान कार्यान्वयन र परीक्षणको रुपमा करियर बुथ स्थापनाका लागि छनोट गरिएको छ । बुथ सञ्चालनका लगि छनोट भएका कर्मचारीहरुका लागि करियर बुथको मोडालिटी, सञ्चालन र परामर्श प्रणालीबारे आइतबार पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालीमको सुद्धढिकरणका लागि आइल्याब कार्यक्रम सञ्चालन गर्न लागिएको आइल्याब गण्डकीका संयोजक कविता तिवारी गैरेले जानकारी दिइन् ।

काठमाडौँ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिच विश्वविद्यालयको साझेदारीमा आइल्याब कार्यक्रम संचालन हुनेछ । काठमाडौँ विश्वविद्यालयले आवहन गरेको निवेदनको आधारमा करियर बुथको स्थापना र सञ्चालनका विषय छटोन गरी गण्डकी प्रदेशको टिम छनोट भएको एन्बीक्यूएस परियोजना गण्डकीका चन्द्रप्रसाद तिमिल्सीनाले जानकारी दिए ।

करियर बुथ स्थापनाका लािग गण्डकी प्रदेशका विभिन्न शैक्षिक तथा व्यवसायिक संस्थाहरुसँग समझदारी गरिएको छ ।

जस अन्तरगत गण्डकी प्रदेश सरकार, रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका, माछापुच्छ्रे गाँउपालिका कास्की, पोखरा प्राविधिक शिक्षालय फुलबारी, किसान प्राविधिक शिक्षालय स्याङ्जा, उद्योग वाणिज्य महासंघ गण्डकी, पोखरा भ्याली छेक्निकल इन्स्टिच्युट रानीपौवा रहेका छन् ।

करियर बुथहरुले स्थानीय युवालाई रोजगारी, सीपमूलक तालिम तथा करियर परामर्शमा पहुँच बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०७:३१

हजुरको प्रतिक्रिया