२०८३ साउन २१ गते बिहीबार

विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको अध्यक्ष ओलीको प्रष्टोक्ति

विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको अध्यक्ष ओलीको प्रष्टोक्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०७:५४

पार्टीबाट चुनाव हारेका व्यक्तिहरु भेला गरेर कुद्ने काम गरेको उनले आरोप लगाए ।

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका हुन् ।

उनले भण्डारीको पार्टी सदस्यता पार्टीले खोसेको नभइ राष्ट्रपति हुने बेलामा आफैँले सदस्यता त्याग गरेर गएको र त्याग गर्नैपर्ने अवस्था रहेको पनि उल्लेख गरे । राष्ट्रपतिबाट फर्किएपछि पुनः नविकरणका लागि पार्टीमा निवेदन दिनुपर्नेमा अहिलेसम्म नदिएको र पार्टीसँग कुरा नगरेको पनि उनले जिकिर गरे ।

सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर पार्टीको सदस्य नभइने ओलीको भनाइ छ । सदस्यता नै नभएको व्यक्तिको सदस्यता नविकरण नहुने उनको भनाइ छ ।

अध्यक्ष ओलीले पार्टीले राष्ट्रपति दुई दुई पटक बनाएको भन्दै त्यस्तो व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्नेकुरा कल्पना पनि नगरेको उल्लेख गरे ।

पार्टीबाट चुनाव हारेका व्यक्तिहरु भेला गरेर कुद्ने काम गरेको उनले आरोप लगाए ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०७:५४
हजुरको प्रतिक्रिया