२०८३ साउन २१ गते बिहीबार

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप गोरखामा एक पुरुष पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप गोरखामा एक पुरुष पक्राउ

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०८:००

पक्राउ पर्नेमा गोरखाको शहिदलखन गाउँपालिका–३ बस्ने ३४ वर्षीय एक पुरुष रहेको प्रहरीले जनाएको छ ।

गोखरा ।

गोरखामा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको शहिदलखन गाउँपालिका–३ बस्ने ३४ वर्षीय एक पुरुष रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भदौ ४ गते साँझ, आफ्नै १३ वर्षीया छोरी र १५ वर्षीया दाईकी छोरीमाथि करणी गर्ने प्रयास गरेको घटनाबारे पीडित पक्षका आफन्तमार्फत उजुरी दर्ता भएको थियो ।

उक्त उजुरीका आधारमा प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर गोरखा जिल्ला अदालतमार्फत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रहरीले बालबालिकामाथि हुने यस्ता संवेदनशील अपराधप्रति शून्य सहनशीलता अपनाइने भन्दै कानूनी प्रक्रियाअनुसार कठोर कारबाही हुने स्पष्ट पारेको छ ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०८:००
हजुरको प्रतिक्रिया