२०८३ साउन २१ गते बिहीबार

पोखरा बाग्लुङ बसपार्कका खाजाघरमा अनैतिक गतिविधि गर्ने १९ जना पक्राउ

पोखरा बाग्लुङ बसपार्कका खाजाघरमा अनैतिक गतिविधि गर्ने १९ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १५ गते आइतबार ०८:२५

पोखरा कास्की प्रहरीले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्क क्षेत्रका विभिन्न खाजाघर सञ्चालन गर्ने १९ जनालाई अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत भदौ १३ गते दिउँसो...

पोखरा
कास्की प्रहरीले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्क क्षेत्रका विभिन्न खाजाघर सञ्चालन गर्ने १९ जनालाई अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत भदौ १३ गते दिउँसो २ बजे सो क्षेत्रका खाजाघरहरूमा होहल्ला हुँदै अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । सो क्रममा लागूऔषध सेवन गर्ने, यौनजन्य गतिविधिमा संलग्न हुने तथा आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न रहेका खाजाघर सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका व्यक्तिहरूमध्ये कास्की, म्याग्दी, पर्वत, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट आएका पुरुष तथा महिला गरी १९ जना रहेका छन् । उनीहरू विभिन्न नामका खाजाघर तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यी हुन् पक्राउ पर्ने १९ जना

  • जिल्ला कास्की अन्नपुर्ण गा.पा. १० घान्द्रुक घर भई हाल पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित कुमारी खाजा घर संचालन गरी बस्ने वर्ष ३७ को प्रकाश गुरुङ ।
  • जिल्ला कास्की माछापुच्छ्रे गा.पा. ५ घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित बिमला मगर & खाजा घर संचालन गरी बस्ने वर्ष ३३ की बिमला मगर ।
  • जिल्ला म्याग्दी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सफल सचिन खाजा घर संचालन गरी बस्ने वर्ष २४ की मनदेवी घर्ती ।
  • जिल्ला कास्की मादी गा.पा. ४ स्थायी घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित बेल कुमारी & खाजा घर संचालन गरी बस्ने वर्ष २३ की बेल कुमारी रानाभाट ।
  • जिल्ला कास्की मादी गा.पा. वडा नं. ११ घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सिमा सुकुटी हाउस संचालन गरी बस्ने वर्ष ४० की मिना कुमारी गुरुङ ।
  • जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. ५ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सरिता खाजा घर संचालन गरी बस्ने वर्ष ३५ की सरिता परियार ।
  • जिल्ला म्याग्दी मराङ गा.पा. वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित मिना खाजा घर संचालन गरी बस्ने वर्ष ३५ की मिना सिर्पाली ।
  • जिल्ला काभ्रेपलाञ्चोक घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.०२ स्थित नाम नभएको खाजाघर संचालन गरी बस्ने वर्ष ५० की निरु तामाङ ।
  • जिल्ला कास्की अन्नपुर्ण गा.पा. वडा नं.१० घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित मनिसा खाजा घर संचालन गरी बस्ने वर्ष ४२ की राधिका नेपाली ।
  • जिल्ला कास्की मादी गा.पा. वडा नं. ९ स्थायी वतन भई हाल पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सृष्टि खाजा घर संचालन गरी बस्ने वर्ष ४० की टिका माया तामाङ ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित जेनिसा रेष्टुरेन्ट संचालन गरी बस्ने वर्ष २८ की विष्णु किसान ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित आरभ खाजा घर संचालन गरी बस्ने वर्ष ३५ की आशा मगर ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित गिभिर खाजा घर संचालन गरी बस्ने वर्ष ४२ की माया कार्की ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित नाम नभएको खाजाघर संचालन गरी बस्ने वर्ष ३५ की मन कुमारी किसान ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित हिम फ्रेस खाजा घर संचालन गरी बस्ने वर्ष ४९ की मञ्जु लामा ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित दिपक खाजा घर संचालन गरी बस्ने वर्ष ४४ की लक्ष्मी बि.क. ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित पोख्रेली कान्छी खाजा घर संचालन गरी बस्ने वर्ष ३७ की आशा तामाङ ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित बाग्लुङ कालिका खाजा घर संचालन गरी बस्ने वर्ष ३१ को सुवास दर्जी ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित अञ्जु मञ्जु खाजा घर संचालन गरी बस्ने वर्ष ४५ की सिता परियार ।

 

प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०८:२५
हजुरको प्रतिक्रिया