२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १८ गते बुधबार १०:१९

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले जल स्रोत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल पश चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।

बैठकमा समितिको आ.व. २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ १८ गते बुधबार १०:१९
हजुरको प्रतिक्रिया