२०८३ साउन २१ गते बिहीबार

लेखनाथ उद्योग वाणिज्य संघको २९ औँ साधारण सभा तथा १५ औ अधिवेशन सुरु

लेखनाथ उद्योग वाणिज्य संघको २९ औँ साधारण सभा तथा १५ औ अधिवेशन सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार ०७:५०

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २९ औँ साधारण सभा तथा १५ औ अधिवेशनक सुरु भएको छ । अधिवेशनको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका हुन् । ढकालले निजी क्षैत्रको लागानी आकर्षण गर्न सरकारले...

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको २९ औँ साधारण सभा तथा १५ औ अधिवेशनक सुरु भएको छ ।

अधिवेशनको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका हुन् । ढकालले निजी क्षैत्रको लागानी आकर्षण गर्न सरकारले एकद्धार प्रणाली लागु गर्नुपर्ने बताए ।

उनले देशको आर्थिक सूचकहरु सकारात्मक बनदै गएकाले लगानीका लागि वातावराण बन्दै गएको उल्लेख गरे । उद्याटनसँगै शनिबार हुने नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढेको छ ।

यसपालिको अधिवेशनमा नेतृत्व लिनका लागि हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका पराजुली अधिकारी प्यानलनै घोषणा गरेका छन् ।

दुवै समुहले आफ्ना योजना सहित उद्योगी व्यवसायीलाई आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेका छन् । दुवै प्यानलले यसपालिको प्रतिष्पर्धामा आफ्नो पक्षमा पल्ला भारी हुने दावी गरेपनि दुवै पक्षबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०७:५०
हजुरको प्रतिक्रिया