२०८३ साउन २१ गते बिहीबार

पर्सामा घट्न थाल्यो हैजा सङ्क्रमितको संख्या

पर्सामा घट्न थाल्यो हैजा सङ्क्रमितको संख्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार ०७:२३

अबको एक हप्तामा झाडापखाला र हैजाका नयाँ बिरामी अस्पताल आउने क्रम रोकिने अनुमान

काठमाडौं ।

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ ।

दुई हप्ता अघि अर्थात् भदौ ६ गते शुक्रवारदेखि देखिएको हैजाको सङ्क्रमण पछिल्ला केही दिनदेखि घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो २४ घण्टामा झाडापखालाको २८ जना नयाँ बिरामी थपिएका छन् ।

अब एक हप्तामा झाडापखाला र हैजाका नयाँ बिरामी आउने क्रम रोकिने अनुमान रहेको नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए ।

दुई हप्तामा झाडापखाला र हैजाका एक हजार ५४ बिरामी उपचारका लागि अस्पताल भर्ना भएकामा दुई सय दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरु मध्ये एक सय ८८ जना वीरगञ्ज महानगरपालिका र १४ जना पोखरिया नगरपालिकामा बसोबास गर्ने हुन् । हैजा सङ्क्रमितमध्ये एक सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।

१६ अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् । यस्तै झाडापखालाका समेत गरी एक सय पाँच जना बिरामी अस्पतालमा उपचाररत रहेका जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०७:२३
हजुरको प्रतिक्रिया