पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघ, पोखराको १५ औ अधिवेशन अन्तरगत जारी मतगणनामा अध्यक्षमा जानुका पराजुली अधिकारीले अग्रता लिएकी छन् । पदाधिकारीमा समेत अधिकारीको टिमले अग्रता लिएको छ ।
अधिकारीले ६ सय ८० मत प्राप्त गर्दा राजेन्द्र ओझाले ५८३ मत ल्याएका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोलोला ६८९ मत प्रप्त गर्दा उपेन्द्रराज सुवेदीले ५७७ मत प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा बिक्रम कर्मचार्यले ७७८ मत प्राप्त गर्दा मेनुका श्रेष्ठले ५८८ मत प्राप्त गरेकीछिन् ।
द्धितिय उपाध्यक्षमा धु्रबबहादुर भट्टराईले ८३० मत प्राप्त गर्दा धिरजकुमार श्रेष्ठले ४३३ मत प्राप्त गरेका छन् ।
महासचिवमा भरतराज ओझाले ६४७ मत प्राप्त गर्दा जिवन तिवारीले ६२० मत प्राप्त गरेका छन् । उपमहासचिवमा गंगाकुमारी मल्लले ७३६ मत प्राप्त गर्दा लक्ष्मीप्रसाद ढुङ्गानाले ५२७ मत पाएका छन् ।
कोषाध्यक्षमा हरि बस्ताकोटीले ६९४ मत प्राप्त गर्दा टिकाराम सापकोटाले ५५५ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी रहेको छ ।
पदाधिकारीमा अग्रता लिने सबै जानुका टिमका रहेका छन् । बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो ।
संघको नयाँ नेतृत्वको लागि शनिवार भएको मतदानमा १८ ८१ मत खसेको थियो । बेलुका साढे सात बजेसम्मको मतगणनामा १२ सय मत गणना भइसकेको छ ।
विभिन्न पदका लागि ३७ जनाले उम्मेदवारी दिएका थिए ।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०८:०३




