२०८३ साउन २१ गते बिहीबार

सार्वजनिक सम्पत्ति जोगाउन डा. सन्दुक रुइतको अपिल

सार्वजनिक सम्पत्ति जोगाउन डा. सन्दुक रुइतको अपिल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०५:३४

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्। मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले...

काठमाडौं ।

वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्।

मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्।

डा. रुइतले भने, ‘सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।’

उनले सबैलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आह्वान गर्दै थपे, ‘सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।’

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०५:३४
हजुरको प्रतिक्रिया