२०८३ साउन २१ गते बिहीबार

निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०५:४८

काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए । जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु...

काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए । जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए ।

दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए ।

यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो

सोमबारको प्रदर्शनमा देशभरि गरेर कुल १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०५:४८
हजुरको प्रतिक्रिया