२०८३ साउन २१ गते बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २६ गते बिहीबार ०९:१६

काठमाण्डौ विमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्नो टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ ।

काठमाडौं ।

मंगलबार दिउँसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ ।

विमानस्थल खुला भएसँगै हिजो बेलुकीदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ ।

आन्तरिक उडान आजदेखि सञ्चालनमा आउँदै छ ।

आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सबै आन्तरिक उडान आज बिहानदेखि सञ्चालनमा आउने जनाएको छ ।

विमानस्थल सञ्चालनमा आएसँगै यात्रुको भीड बढेको छ ।

काठमाण्डौ विमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्नो टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ ।

प्रकाशित मिति २०८२ भदौ २६ गते बिहीबार ०९:१६
हजुरको प्रतिक्रिया