२०८३ साउन २१ गते बिहीबार

हात्तीको आक्रमणबाट नाबालकसहित ३ घाइते

हात्तीको आक्रमणबाट नाबालकसहित ३ घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ मंसिर २९ गते बुधबार १०:५४

मोरङ – मोरङको केराबारी गाउँपालिकामा जङ्गली हात्तीले आक्रमण गर्दा तीनजना घाइते भएका छन्। गाउपालिका– ९ देविझोडाका वडा सदस्य नरबहादुर मगरले मंगलबार राति हात्तीको आक्रमणबाट ५ महिने बालकसहित तीन जना घाइते भएको जानकारी दिए। हात्तीको...

मोरङ – मोरङको केराबारी गाउँपालिकामा जङ्गली हात्तीले आक्रमण गर्दा तीनजना घाइते भएका छन्। गाउपालिका– ९ देविझोडाका वडा सदस्य नरबहादुर मगरले मंगलबार राति हात्तीको आक्रमणबाट ५ महिने बालकसहित तीन जना घाइते भएको जानकारी दिए।

हात्तीको आक्रमणबाट स्थानीय सुरेन राईकी श्रीमती २२ वर्षीया अस्मिता र ५ महिने छोरा क्यालबिन राई तथा १७ वर्षीया प्रतिमा लिम्बू घाइते भएको मगरले बताए। उनका अनुसार घाइतेमध्ये प्रतिमाको अवस्था गम्भीर रहेको छ। उनको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आईसीयू राखी उपचार भइरहेको छ। घाइतेद्वय अस्मिता र क्यालबिनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्मिताको देब्रे खुट्टा र करङमा चोट लागेको चिकित्सकले जानकारी दिएका छन्।

वडा सदस्य मगरले दुइटाको संख्यामा आएका हात्तीले गाउँमा क्षति पुराएको बताए। स्थानीय र प्रहरीले हात्ती धपाइसकेका छन्। गाउँमा ५ घण्टासम्म उपद्रो मच्चाएका हात्ती स्थानीय र प्रहरीले लखेटेपछि पश्चिमतर्फको जङ्गलमा लागेको बताइएको छ।

प्रकाशित मिति २०७८ मंसिर २९ गते बुधबार १०:५४
हजुरको प्रतिक्रिया